नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेल काठमान्डु गुर्खाजलाई ५ विकेटले हराउँदै चितवन राइनोजले जितेको छ।
त्रिवि मैदानमा भएको खेलमा ११२ को लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा लक्ष्यलाई भेट्टाएको हो। उसले ११४ रन बनायो।
१९ ओभर नपुग्दै चितवन राइनोजले काठमान्डु गुर्खाजलाई अत्याएको थियो। १९ औं ओभरमा जम्मा १०६ रन बनाएएको काठमान्डुले अन्तिम ओभरमा ५ रन मात्र थपेको थियो।
अब एनपीएलको अर्को खेल १ः१५ मा सुरु हुनेछ।
लोकप्रिय समाचार