Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई पक्राउ

Reporter

स्कोरपियोको ठक्करबाट सिरहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु प्रकरणमा दुई जनालाई पक्राउ गरिएको छ। अनुसन्धानका क्रममा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई आइतबार नियन्त्रणमा लिई आवश्यक बयान लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए। घट्नामा प्रयोग भएको गाडी र सङ्लग्न व्यक्तिको पनि पहिचान भइसकेको पनि प्रहरी उपरीक्षक पण्डितले बताए।

नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल-भारत सीमा नजिकै बडियारपट्टी-१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आइतबार बिहान मृत्यु भएको थियो । ठक्कर दिएर उक्त स्कोरपियो भारततर्फ फरार भएको थियो।

मृतक यादवको लहानस्थित प्रादेशिक अस्पतालमा शव परीक्षण गरी आइतबार साँझ नरहा गाउँपालिका ४ स्थित घरमा ल्याएर अन्त्येष्टि गरिएको थियो। यसअघि अवैध मदिरा ओसारपसार गरिरहेको गाडीलाई रोक्न खोज्दा योजनाबद्ध रूपले किचेर हत्या गरेको आरोप लगाउँदै आफन्तसहित स्थानीय बासिन्दाले पूर्व-पश्चिम सडकको लहानखण्ड अवरुद्ध गरेका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको