Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

साढे दुई लाख महिलाको पाठेघर मुखको क्यान्सर परीक्षण गरिने

Reporter

 पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर साढे दुई लाख महिलाको परीक्षण गरिने भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका दुई लाख ५० हजार महिलामा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा रोग पहिचान गर्ने भएको हो ।

महाशाखा प्रमुख डा.विवेककुमार लालले फागुन महिनाभर देशैभर एकै साथ महिलाहरुमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “क्यान्सरको उपचारसँगसँगै रोग लाग्न नदिन समयमै परीक्षण गरी रोकथाम गर्ने मन्त्रीको प्राथमिकता छ । त्यसैअनुसार यस वर्ष अभियानकै रुपमा एकै साथ परीक्षण गर्ने योजना बनाएका छौँ ।”

उहाँका अनुसार महाशाखाले यस वर्ष अभियानका रुपमा दुई लाख ५० हजार महिलाको परीक्षण गर्ने लक्ष्य लिएको छ ।

नेपालमा सन् २०२२ मा कूल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको सङ्ख्या सात हजार ७६८ रहेको ग्लोबल क्यान्सर अब्र्जभेटरीको तथ्याङकमा उल्लेख छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका दुई हजार १६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी पत्ता लागेका थिए ।

हाल नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । तर समयमै परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुने चिकित्सक बताउछन् ।

मन्त्रालयले विश्व क्यान्सर दिवसको अवसर पारेर (माघ २२ गते) बाट दुई सातासम्म १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गर्दै पाठेघरको क्यान्सरविरुद्धको निःशुल्क खोप अभियानसमेत सञ्चालन गर्दैछ । आगामी वर्षबाट देशभरका सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको