Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

उपराष्ट्रपति यादवसंग कतारका राजदूतको शिष्टाचार भेटवार्ता

Reporter

काठमाडौं ।  उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसंग नेपालका लागि कतारका राजदूत  मिशालबिन मोहम्मद अली अल अन्सारीले मंगलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता  गर्नुभएको छ ।
उक्त अवसरमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्ध, रोजगारी, व्यापार र भ्रमण आदानप्रदान लगायतका विषयमा छलफल भयो । उपराष्ट्रपति यादवले नेपाली कामदारको २४ सै घण्टा विमाको व्यवस्था, कतारमा मृत्यु वा घाइते भएका नेपाली कामदारको उद्धार र क्षतिपूर्ति उपलब्ध गराउन तथा विभिन्न अस्पताल,  निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन कतार सरकारलाई अनुरोध गर्नुभयो ।
‘कतारमा ६७ जना नेपाली जेल सजाय भुक्तान गरिरहेका छन् र धेरै नेपाली कागजविहीन बसिरहेका छन्’ उहाँले भन्नुभयो, ‘म महामहिमलाई आममाफी दिन वा जेलको समय घटाउन र कागजातविहीन नेपालीहरूलाई नियमित  काम गर्न वा उनीहरूलाई नेपाल फर्काउनमा सहयोग गर्न अनुरोध गर्दछु ।’
उपराष्ट्रपति यादवले नेपाल र कतारले पारस्परिक हित र चासोका विषयमा बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा नजिकबाट काम गर्दै र एक अर्कालाई समर्थन गर्दै आएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले नेपाली नागरिक बिपिन जोशी लगायत अन्य बन्धकहरूको रिहाईका लागि कतारले गरेको मध्यस्तताका लागि प्रशंसा समेत गर्नुभयो ।
कतारका  राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारीले नेपाल र कतारबीचको सम्बन्धलाई थप बलियो बनाउनु पर्नेमा जोड दिँदै नेपालमा लगानी प्रवद्र्धन तथा संरक्षणको पक्षमा रहेको बताउनु भयो। ‘कतारमा हाल चार लाख नेपाली कामदार रहेकोमा अब घरेलु कामदारलाई पनि कतार लग्ने प्रयासमा छु ’ उहाँले भन्नुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको