Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

यू-१९ एसिया कपमा अफगानिस्तानमाथि नेपालको जीत

Reporter

यूएईमा जारी यू-१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। मंगलबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरको हो।

अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ४१ ओभर ३ बलमा ९ विकेट गुमाएर पुरा गर्‍यो। नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाए। कप्तान हेमन्त धामी २२ रनमा अविजित रहँदा, अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३ बनाए। अफगानिस्तानका अल्लाह गजन्फर र खातिर स्टानिकजाईले ३/३ लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर ४ बलमा १२३ रनमा समेटिएको थियो। अफगानिस्तानका फैजल खानले ५२ रन बनाए। बलिङमा नेपालका युनिस ठकुरी र सन्तोष यादवले ३/३, अभिषेक तिवारी र कप्तान हेमन्त धामीले २/२ विकेट लिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको