Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

चिनियाँ राष्ट्रपतिको घोषणा, नेपाललाई ९ अर्ब अनुदान

Reporter

चीनका  राष्ट्रपति सि चिनपिङले नेपाललाई ५०० मिलियन आरएमबी अर्थात करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्तामा सो अनुदान घोषणा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

चार दिने चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग आज भेटघाट तथा छलफल गरेका थिए, सो क्रममा उक्त घोषणा भएको हाे। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि सोमबार चीन प्रस्थान गरेका थिए।

बेइजिङ पुगेको भोलिपल्ट अर्थात मंगलबार चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै ९ बुँदे सहमतिमा हस्ताक्षर गरे पछि चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गरेका हुन्। प्रधानमन्त्री ओली यही मंसिर २० गते स्वदेश फर्कनेछन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको