Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना

Reporter

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।

बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको हो।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. धनश्याम गुरूङले पनि विज्ञप्ती जारी गरेर राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको जानकारी दिएका छन्।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रि.वि शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनुभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछु,’ प्राध्यापक डा. गुरूङले जारी गरेको विज्ञप्तिमा भनिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको