Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

धनगढीमामा हुन लागिरहेको डीपीएल क्रिकेटको तेस्रो सिजन सर्ने

admin

DPL_3_LOGO

काठमाडौं, पुस- १० ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यस्तताले गर्दा तेस्रो सिजनको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको मिति प्रभावित हुने जनाएको छ ।

आगामी माघ १९ गतेदेखि सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने तय भएको प्रतियोगिता कम्तिमा एक साता पर धकेलिने देखिएको हो ।

अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम युएई जाने भएपछि डीपीएलको मिति प्रभावित हुने जनाईएको हो ।

युएई विरुद्धको एक दिवसीय शृङ्खला खेल्न नेपाली टिम जनवरीको अन्तिम साता युएईतर्फ जाँदै छ ।

त्यही समय बीचमा डीपीएल पनि पर्ने भएकाले प्रतियोगिताको मिति एक साता पछि सार्ने तयारी गरेको आयोजकले जनाएको छ ।

डीपीएलको तेश्रो संस्करणमा पनि ६ टिम सहभागी हुँदैछन् । प्रतियोगिताको लागि समावेश हुने खेलाडी अक्सनका लागि अहिले खेलाडी दर्ता जारी छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको