Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

अल्लू अर्जुनविरुद्ध उजुरी

Reporter

दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनका प्रशंसकहरुका लागि एउटा चिन्तित बनाउने खबर सार्वजनिक भएको छ । वास्तवमा बुधवार साँझ हैदराबादको सन्ध्या थिएटरमा फिल्म ‘पुष्पा २’ को प्रीमियर शो आयोजना गरिएको थियो ।त्यहाँ आफ्ना प्रशंसकहरुसंग भेटघाट गर्ने उद्देश्यले अभिनेता अल्लू अर्जुन पूर्व सूचित नगरि पुगेका थिए ।

आफ्ना मनपर्ने सुपरस्टार सिनेमा हलमा आएको खबरले त्यहाँ ठूलो भिडभाड भयो । भिडभाडकै क्रममा अभिनेतालाई हेर्नका लागि भागदौड नै मच्चियो ।

अहिले आएर यो प्रकरणलाई गम्भिरतापूर्वक लिँदै प्रहरीमा उजुरी नै दर्ता गरिएको छ । उक्त उजुरीमा अभिनेता अल्लू अर्जुनलाई आरोपी मानिएको छ । साथै सन्ध्या थिएटरको व्यवस्थापनविरुद्ध पनि मुद्दा परेको छ । उक्त दुर्घटनामा परि एक जना महिलाको निधन भएको छ भने उनका छोरा अचेत भएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको