
काठमाडौं, पुस- १० ।
दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’ को गीत ‘हावा सरर’ सार्वजनिक भएको छ ।
सार्वजनिक भएको उक्त गीतमा दयाहाङ राई ‘ड्राइभर दाई’ को भूमिकामा प्रस्तुत भएका छन् भने गीतमा गायक थुप्देन भुटिया र स्नेहाश्री थापाको स्वर रहेको छ ।
गीतमा अनमोल गुरुङको संगीत अनि उमेश उपमाको शब्द रचन रहेको छ ।
गीतमा कोरियोग्राफी भने कोरियोग्राफर योज्ना प्रधानको रहेको छ ।
अनमोल गुरुङको निर्देशन रहेको यस चलचित्रको गीतको भिडियोमा दयाहाङ सँगै निर्देशक तथा कलाकार तुलसी घमिरे मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।
रुदेनसदा लेप्चाले निर्माण गरेको यस चलचित्रमा दया र तुलसीसँगै अरुणा कार्की, सिदार्थराज तामाङ, अलोना कवो लेप्चा, सम्राट विश्वास, रिंकी लगायतको अभिनय रहेको छ ।

लोकप्रिय समाचार