
काठमाडौं । गायक सौगात जंग थापा र गायिका अनु चौधरीको स्वरमा ‘वाचा तोड्दिन म’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतकार नवीन कुमार शाहीको शव्दमा रहेको गीतलाई गायक थापा स्वयंले संगीत दिएका छन ।
अनुजा सिंह र ज्ञानु नेपाली फिचर्ड भिडियोलाई चक्र बहादुर बरालले छायांकन गरेका हुन भने अमृत चापागाईले सम्पादन गरेका हुन ।
खगेन्द्र गिरीले सहायक निर्देशन गरेको भिडियोलाई श्रृजन बराल(ऋषी)ले निर्देशन गरेका हुन । भिडियो नविन कुमार शाही को आफ्नै नामको युट्यूबबाट सार्वजनिक भएको छ ।

लोकप्रिय समाचार