Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

भुटानका राजाले गरे स्वयम्भूनाथ र बाैद्धनाथको दर्शन

Reporter

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ र बाैद्धनाथमा पुगेर दर्शन गरेका छन्। निजी भ्रमणको सिलसिलामा काठमाडौं आएलगतै वाङचुक काठमाडौंको स्वयम्भूनाथ र बाैद्धनाथ पुगेर दर्शन र पूजाअर्चना गरेका हुन्।

सो क्रममा उनले स्वयम्भूनाथ परिसरको अवलोकन समेत गरेका थिए भने नजिकै रहेको गुम्वाहरुमा समेत गएका थिए।

स्वयम्भूनाथ र बौद्धनाथको दर्शनका लागि वाङचुक काठमाडौं आएका हुन्। आज बिहान नेपाल आइपुगेका भुटानी नरेशको स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गर्ने कार्यक्रम थियो । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका भुटानी नरेश आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको