Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

भुटानका राजाले गरे स्वयम्भूनाथ र बाैद्धनाथको दर्शन

Reporter

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ र बाैद्धनाथमा पुगेर दर्शन गरेका छन्। निजी भ्रमणको सिलसिलामा काठमाडौं आएलगतै वाङचुक काठमाडौंको स्वयम्भूनाथ र बाैद्धनाथ पुगेर दर्शन र पूजाअर्चना गरेका हुन्।

सो क्रममा उनले स्वयम्भूनाथ परिसरको अवलोकन समेत गरेका थिए भने नजिकै रहेको गुम्वाहरुमा समेत गएका थिए।

स्वयम्भूनाथ र बौद्धनाथको दर्शनका लागि वाङचुक काठमाडौं आएका हुन्। आज बिहान नेपाल आइपुगेका भुटानी नरेशको स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गर्ने कार्यक्रम थियो । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका भुटानी नरेश आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको