Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

Reporter

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे धारणा बनाउनको लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

बैठक आगामी सोमबार विहान ९ बजेको लागि तय भएको जनाईएको छ। प्रधानमन्त्री ओलीको यही मंसिर १७ देख २० गतेसम्म भएको चार दिने चीन भ्रमणको क्रममा भएको बीआरआईसम्बन्धी फ्रेमवर्कको सहमतिबारे कांग्रेसले आधिकारिक धारणा बनाउने भएको हो।

उक्त सहमतिलाई लिएर कांग्रेसका शीर्ष नेताहरुले नै आलोचना गर्न थालेका छन्। बीआरआईअन्तर्गत अनुदानमात्रै लिने सहमति गरिएकोमा चीनमा भने त्यसलाई लत्याएर ऋणको बाटो खोलिएको भन्दै कांग्रेसबाट परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेताहरु एनपी साउद र डा. प्रकाशशरण महतले आलोचना गरिरहेका छन्। यही सन्दर्भमा सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको