Logo
20 Mar 2025    ६ चैत्र २०८१, बिहीबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

चार महिनामा २७१ विदेशीले लिए नेपालमा श्रम स्वीकृति

Reporter

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक (साउन/कात्तिक) अवधिमा २ सय ७१ विदेशीले श्रम स्वीकृति लिएका छन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार कात्तिकसम्म गैर नेपाली नागरिकलाई उक्त संख्यामा श्रम स्वीकृति दिइएको हो । कात्तिक २०८१ मा ५७ जनाले मात्र श्रम स्वीकृति पाएका छन् ।

यस अवधिमा ३ सय ३० विदेशीको श्रम स्वीकृति नवीकरण गरिएको समेत विभागले जनाएको छ । त्यस्तै प्रतिष्ठानमा काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृति लिए/नलिएको सम्बन्धमा १३ वटा अनुगमन गरिएको थियो । यसै अवधिमा विभागले विदेश जाने नेपालीमध्ये ६६ हजार ६५ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ ।

विभागले अघिल्लो आव २०८०/८१ मा १ हजार २० गैर नेपालीलाई श्रम स्वीकृति दिएको थियो । एक वर्षमा १ हजार ६ सय ६५ गैर नेपाली नागरिकको श्रम स्वीकृति नवीकरण गरिएको विभागको तथ्यांकमा छ ।

उक्त वर्ष विभागले विभिन्न ४४ प्रतिष्ठान पुगेर विदेशी नागरिकको श्रम स्वीकृति भए/नभएको अनुगमन गरेको थियो । नेपालमा होटेल, व्यापारिक प्रतिष्ठान र निर्माण क्षेत्रमा बढी विदेशी नागरिकले काम गर्ने गर्छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको