Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

धरानका मेयर साम्पाङविरुद्ध प्रहरीमा उजुरी

Reporter

धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) विरुद्ध प्रहरीमा उजुरी परेको छ । पत्रकारहरुलाई समाजिक सञ्जालमार्फत धम्की दिएको भन्दै साम्पाङविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो ।

नेपाल पत्रकार महासङ्घ सुनसरी जिल्ला अध्यक्ष जनक ऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहालले साम्पाङविरुद्ध उजुरी दिएका हुन् ।उनीहरुले शान्ति सुरक्षासहित आवश्यक कारबाहीको माग गरेका छन् ।

आफ्नो विरुद्धमा लेखिएको समाचारलाई लिएर साम्पाङले पत्रकार सम्मेलन गर्दै अनेक आलोचना गरेका थिए । उनले आफू धरानको जनप्रतिनिधि रहेको बताृउँदै राज्यको कानुनसमेत नमान्ने बताएका थिए । साथै, उनले आफ्नो विरुद्ध लेख्ने पत्रकारहरुलाई गालीगलौजसमेत गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको