Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

धरानका मेयर साम्पाङविरुद्ध प्रहरीमा उजुरी

Reporter

धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) विरुद्ध प्रहरीमा उजुरी परेको छ । पत्रकारहरुलाई समाजिक सञ्जालमार्फत धम्की दिएको भन्दै साम्पाङविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो ।

नेपाल पत्रकार महासङ्घ सुनसरी जिल्ला अध्यक्ष जनक ऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहालले साम्पाङविरुद्ध उजुरी दिएका हुन् ।उनीहरुले शान्ति सुरक्षासहित आवश्यक कारबाहीको माग गरेका छन् ।

आफ्नो विरुद्धमा लेखिएको समाचारलाई लिएर साम्पाङले पत्रकार सम्मेलन गर्दै अनेक आलोचना गरेका थिए । उनले आफू धरानको जनप्रतिनिधि रहेको बताृउँदै राज्यको कानुनसमेत नमान्ने बताएका थिए । साथै, उनले आफ्नो विरुद्ध लेख्ने पत्रकारहरुलाई गालीगलौजसमेत गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको