Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

दमकको १८ तले भवनको उद्घाटन गर्न झापा जाँदै प्रधानमन्त्री ओली

Reporter

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दमकमा बहुपयोगी १८ तले भवन (भ्यू-टावर) को उद्घाटन गर्ने भएका छन्। उनका साथ प्रथम महिला राधिका शाक्य पनि भवन उद्घाटन कार्यक्रममा सहभागी हुने जनाइएको छ।

झापाको दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे उद्घाटन गर्न लागेका हुन्।

‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन्।

प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए। तर, उक्त १८ तले भवनको नक्सा पास नरहेको बताइएको छ। आवश्यक कागजातको अभावमा नक्सा पास दिन नसकिएको बताइएको छ।

प्रधानमन्त्री ओलीले आजै मेचीनगर-४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको पनि शिलान्यास तथा उद्घाटन गर्ने कार्यक्रम छ। आज दिउँसो १२ बजे मानबसेवा आश्रम भवनको शिलान्यास तथा उद्घाटन गर्ने कार्यक्रम तय भएको हो।

अहिले बिहान गृह जिल्ला पुग्ने प्रधानमन्त्री ओलीले बिहान १० बजे बेलडाँगी खानेपानी उद्घाटन, ११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा (स्कुलचौन) मा जग्गाधनीपुर्जा बितरण र साढे १२ बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्दै बिर्तामोड फर्किने कार्यक्रम रहेको छ । उनले दिउँसो २ बजे बिर्तामोडस्थित सिटी सेन्टरमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको