Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो) प्रतिनिधिसभा बैठक बस्दै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

कैलालीबाट १ करोड बढीको सुन, चाँदीसहित तीनजना पक्राउ

Reporter

कैलाली – कैलाली जिल्लाको भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा ईलाकाबाट १ करोड रुपैयाँ भन्दा बढीको सुन, चाँदी, नगद तथा अन्य सामानसहित तीन जनालाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ।

सुर्खेत जिल्लाको चौकुनी गाउँपालिका- १० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका -१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका- ११ बस्ने ३२ वर्षीय महेश सुनारलाई सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट (बीओपी ) पगियापसारले शनिबार नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंका लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल , विभिन्न किसिमका चार थान मोबाइल सेट र चादीका लेप लगाएका भाडाकुडा सहित नियन्त्रणमा लिएको हो।

उल्लेखित सामानको श्रोत नखुलेपछि नियन्त्रणमा लिएकाहरूलाई बरामद सुन ,चाँदी, नगद र अन्य सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको