Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

Reporter

प्रतिनिधिसभाका दुइ समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आज तीनवटा समितिको बैठक बस्नेछ।

जसअनुसार राज्य व्यबस्था समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।

राज्य ब्यवस्था समितिमा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग सांसदहरूले छलफल गर्नेछन्। जुन बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ।

उता, शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ, जुन बैठक दिउँसो २ बजेबाट सुरू हुनेछ। बिधायन ब्यवस्थापन समितिको बैठकमा भने नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल हुनेछ, सो बैठक दिउँसो २ः३० बजे बस्नेछ। तीनवटै समितिको बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको