Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट शान्दार म:म ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

गायक युवराज छन्त्यालको पञ्चेबाजा गीत ‘बाग्लुङ बुर्तीवाङमा’ सार्वजनिक(भिडियो)

Reporter

लोक तथा दोहोरी गायक युवराज छन्त्यालको पञ्चेबाजा गीत ‘बाग्लुङ बुर्तीवाङमा’ बोलको गीत सार्बजनिक गरेका छन् ।

सार्बजनिक गीतमा उनको आफ्नै शब्द र स्वर रहेको छ भने गीतमा उनलाई तिर्सना घर्ती मगरले स्वरमा साथ दिएकी छिन् । त्यस्तै गीतमा सुर्य खड्काको लय, कुमार थापाको एरेन्ज, रेकर्ड, मिक्सिङ रहेको छ । गीतलाई सुजन म्युजिकल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियोलाई शिवान पोखरेलले निर्देशन गरेका छन । भिडियोमा शिबन पोखरेल, अस्मिता राना, सारिका के सी, निर्मल क्षेत्री, उषा सुवेदी, गृवान बानिया, कुल बहादुर ओलि, भिम के सि लगायतको अभिनय रहेको छ । भिडियोलाई गायक युवराज छन्त्यालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रवासमा रहेर पनि दर्जनौं हिट गीत मार्फत दर्शक श्रोताको माया बटुलिसकेका गायक छन्त्याल यस भिडियोबाट पनि उस्तै माया पाउने विश्वास राखेको बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको