कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लब अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय सदर गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको निवेदनको सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले कानुनबमोजिम गर्न आदेश गरेको हो।
गत १० मंसिरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो। अधिकारीलाई मुद्दा नचल्ने भनी गरेको निर्णय बदनियतपूर्ण भएकाले तत्काल बदर हुनुपर्ने त्रिपाठीको माग थियो।
लोकप्रिय समाचार