राष्ट्रिय मानव अधिकार आयोगले रास्वपा सभापति रवि लामिछानेमाथि अमानवीय व्यवाहार गरिएको भन्ने आरोपबारे बुझ्नका लागि प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरलाई बोलाएको छ।
चितवनबाट रातारात जिल्ला प्रहरी कार्यालय कास्कीमा लैजान खोज्दा मानव अधिकार हनन् भएको भनी लामिछानेपत्नी निकिता पौडेलले आयोगमा उजुरी गरेकी थिइन्।
आईजी कुँवरलाई सोमबारै छलफलका लागि बोलाइएको हो। लामिछानेको दाबीमा भने जिल्ला प्रहरी कार्यालय चितवन असहमत छ। उसले रविको इच्छाअनुसार र परिवारलाई जानकारीका आधारमा नै सुरक्षा संवेदनशिलता हेरेर राती कास्की लैजानु परेको जनाएको थियो।
लोकप्रिय समाचार