
गैरकानूनी आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्न अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले अडान पुनः दोहोरयाएका छन् । उनले , ‘जन्मने बित्तिकै अमेरिकी नागरिकता पाउने अधिकार हटाउछु ’ पनि भनेका छन् ।
अमेरिकी राष्ट्रपति पदको शपथ लिनुअघि ट्रम्पले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा आफ्नो एजेन्डा खुलाएका छन् । उनले ‘ड्रिमर्स आप्रवासी’ हरूको संरक्षणका लागि कदम चाल्ने कुरा पनि गरे । हामी तपाईलाई भनौं कि ‘ड्रीमर्स आप्रवासी’ हरू ती आप्रवासीहरू हुन्, जो बाल्यकालमा अमेरिका आएका थिए तर उनीहरूसँग कुनै कागजातहरू छैनन् ।
एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमा नै जन्मको आधारमा अमेरिकी नागरिकताको अधिकार खारेज गर्ने बताएका थिए । अमेरिकी संविधानको १४ औं संशोधन अनुसार अमेरिकामा जन्मेका कुनै पनि बालबालिकाले जन्मिने बित्तिकै अमेरिकी नागरिकता पाउनेछन् । चाहे जुनसुकै देशको नागरिक किन नहोस्। तर, ट्रम्पको यो निर्णयले कानुनी अवरोधको सामना भने गर्न सक्छ ।
उता, अन्तर्वार्ताका क्रममा ट्रम्पले नाटोका बारेमा राष्ट्रपति बनेपछि आफू त्यसबाट बाहिरिने विषयमा गम्भीरतापूर्वक विचार गर्ने बताएका थिए । उनले गर्भपतन चक्की प्रतिबन्ध नगर्ने वाचा पनि गरेका छन् ।
