Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

गढीमाई मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

Reporter

बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ ।नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए ।

उनका अनुसार मृतक सबैको शव चन्द्रनिगाहपुरकै सिभिल हस्पिटलमा राखिएको छ । सबै मृतक र गाडी सिरहाको रहेको। बाराको गढिमाइ मन्दीरबाट दर्शन गरेर फर्कदै गरेको बा १६च ३१६२ नम्बरको स्कार्पियो रुखमा ठोक्किएर दुर्घटना भएको हो। घटनास्थलमा ८ जनाको मृत्यु भएको थियो। घाइते ५ जनालाई पर्सा जिल्लाको बिरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

मृतकहरू सिरहाको अर्नामा गाउँपालिका ३ का ६० वर्षीया लरुवदि देवी महरा, ३० वर्षीया उर्मिला देवी महरा, ५० वर्षीया रामकुमारी देवी महरा, ५५ वर्षीया महङ्गी देवी महरा, ६२ वर्षीया फुलबन्ती देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र स्कार्पियो चालक ४० वर्षीय शिव कुमार यादव रहेका छन्।
दुर्घटना राति १२:३० बजे भएको थियो, जब गाडी तीव्र गतिमा जंगलको भित्र रुखमा ठोक्किएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको