Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

एक करोडभन्दा माथिको कारोबारलाई आय विवरण बुझाउने समय थप

Reporter

आन्तरिक राजस्व विभागले एक करोडभन्दा माथिको कारोबार गर्ने व्यक्तिलाई आय विवरण बुझाउने म्याद थप गरेको छ।

विभागले मंसिर २३ गते गरेको निर्णयको आधारमा मंगलबार सूचना जारी गर्दै यसअघि दिएको म्याद थप गरी पुस मसान्तभित्र पुर्‍याएको हो।

आयकर ऐनको दफा ९६ ले आर्थिक वर्ष सकिएको तीन महिनाभित्र आय विवरण बुझाउनु पर्ने व्यवस्था गरेको छ।

त्यस्तै दफा ९८ ले तोकिएको समयमा विवरण बुझाउन नसकेमा मनासिब कारण देखाइ निवेदन दिन सक्ने र त्यस्तो निवेदन मनासिब देखिएमा पटक–पटक वा एकै पटक गरी अधिकतम तीन महिना म्याद थप गर्न सक्‍ने व्यवस्था गरिएको छ।

यसको अर्थ अधिकतम पुस मसान्तभित्रको समय दिनसक्ने व्यवस्था गरिएको हो।

यसअघि विभागले असोज ७ गते सूचना जारी गर्दै वार्षिक एक करोड बराबरको कारोबारमा आय विवरण बुझाउने म्याद थप नहुने अर्थात असोज मसान्तभित्र नै बुझाउनु पर्ने बताएको थियो।

वार्षिक २५ करोड रूपैयाँ बराबरको कारोबार गर्ने निकायलाई मंसिर मसान्त र २५ करोडभन्दा बढी कारोबार गर्ने निकायलाई पुस २० गतेसम्म आय विवरण बुझाउन सक्ने गरी म्याद दिएको थियो।

यस विरुद्धमा सर्वोच्च र उच्च अदालतमा रिट परेको थियो। उच्च अदालतले पाटनले सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको