Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

एक करोडभन्दा माथिको कारोबारलाई आय विवरण बुझाउने समय थप

Reporter

आन्तरिक राजस्व विभागले एक करोडभन्दा माथिको कारोबार गर्ने व्यक्तिलाई आय विवरण बुझाउने म्याद थप गरेको छ।

विभागले मंसिर २३ गते गरेको निर्णयको आधारमा मंगलबार सूचना जारी गर्दै यसअघि दिएको म्याद थप गरी पुस मसान्तभित्र पुर्‍याएको हो।

आयकर ऐनको दफा ९६ ले आर्थिक वर्ष सकिएको तीन महिनाभित्र आय विवरण बुझाउनु पर्ने व्यवस्था गरेको छ।

त्यस्तै दफा ९८ ले तोकिएको समयमा विवरण बुझाउन नसकेमा मनासिब कारण देखाइ निवेदन दिन सक्ने र त्यस्तो निवेदन मनासिब देखिएमा पटक–पटक वा एकै पटक गरी अधिकतम तीन महिना म्याद थप गर्न सक्‍ने व्यवस्था गरिएको छ।

यसको अर्थ अधिकतम पुस मसान्तभित्रको समय दिनसक्ने व्यवस्था गरिएको हो।

यसअघि विभागले असोज ७ गते सूचना जारी गर्दै वार्षिक एक करोड बराबरको कारोबारमा आय विवरण बुझाउने म्याद थप नहुने अर्थात असोज मसान्तभित्र नै बुझाउनु पर्ने बताएको थियो।

वार्षिक २५ करोड रूपैयाँ बराबरको कारोबार गर्ने निकायलाई मंसिर मसान्त र २५ करोडभन्दा बढी कारोबार गर्ने निकायलाई पुस २० गतेसम्म आय विवरण बुझाउन सक्ने गरी म्याद दिएको थियो।

यस विरुद्धमा सर्वोच्च र उच्च अदालतमा रिट परेको थियो। उच्च अदालतले पाटनले सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको