Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

एनपीएल : कर्णाली याक्सको तेस्रो जित

Reporter

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलका कर्णालीले पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो ।

पाँचौँ खेलमा तेस्रो जित निकालेसँगै कर्णालीले प्ले अफमा पुग्ने सम्भावना बढाएको छ । जितसँगै कर्णालीले पाँच खेलबाट ६ अङ्क बनाएको छ । यता चौथो खेलमा तेस्रो हार खेपेको पोखराको पोखराको दुई अङ्क छ । पोखराको अघिल्लो यात्रा कठिन बन्दै गएको छ ।

जितका लागि एक सय चार रनको मध्यम लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेटको क्षतिमा एक सय ६ रन जोड्लै लक्ष्य पूरा गरेको हो ।

कर्णालीका लागि गुलशन झाले अविजित ४९ र चादविक वाल्टनले ४२ रन बनाउनुभयो । बलिङमा पोखराका विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित १६.३ ओभरका सबै विकेटको क्षतिमा एक सय तीन रन बनायो । पोखराका लागि ओपनरद्वय दिनेश खरेलले २६ र एन्ड्रिस गौसले २५ रन बनाउनुभयो । यस्तै रेमोन रेफरले २०, कप्तान कुशल भुर्तेलले र विपिन खत्रीले १०/१० रन जोड्नुभयो ।

पोखरालाई सस्तैमा समेट्न बलिङमा कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिनुभयो । उहाँले विकेट लिनेक्रममा पुरा चार ओभर बलिङ गर्दै २८ रन खर्चिनुभयो ।

युनिस ठकुरी, विपिन शर्मा र सोमपाल कामीले एक एक विकेट लिनुभयो । यसअघि मङ्गलबार नै भएको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले हराएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको