Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

प्रहरी निरिक्षक कुँवरविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा

Reporter

सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका तत्कालिन प्रहरी निरिक्षक छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कुँवरले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा सजायका लागि बुधबार विशेष अदालतमा मुद्दा दायर भएको हो।

दाङस्थित २९ नम्बर गण ज्वालामाईमा कार्यरत  कुँवरले केही समयअघि पदबाट राजिनामा दिएका थिए।

अख्तियारको अनुसन्धानका क्रममा माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एन्ड इन्टरमिडियट एजुकेसन, यूपी) अन्तर्गत हाइस्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेको भेटिएपछि भ्रष्टाचार मुद्दा चलाइएको हो।

उक्त प्रमाणपत्रका आधारमा कुँवर राष्ट्रसेवक पदमा प्रवेश गरी बढुवा भएका थिए। आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम जरिवना र जेल सजायको मागदाबी गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको