Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

जाजरकोटमा जिप दुर्घटना, ५ को मृत्यु २ घाइते

Reporter

जाजरकोटको नलगाड ३ बासकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालीमाटी बजार बाट कैना हुँदै कट्के जान लागेको  ग ३ च  ९८४५ नम्बरको डबल क्याप बोलेरो बुधवार राती ९ बजे  बासकोटको मोडवाट सडक वाट करिब ८ सय मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख निरीक्षक हरिराम डाँगीका अनुसार  मृत्यु हुनेमा गाडी चालक इन्द्रजीत थापा,सीलापुन, लक्ष्मी पुन,लक्ष्मी पुनको छोरा, शारदा थापा,  रहेको बताउनु भयो । जिप मा सवार सात जना मध्य २ जना घाइते रहेको र उनीहरूको नलगाड नगर अस्पताल दल्लीमा उपचार भइरहेको  डाँगीले बताउनु भयो ।

घाइते मध्य जीवन विक सामान्य उपचार पछि घर पठाइएको र बर्दिया घर भई दिदीको घर आएका जनक थापाको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको