Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग भिजिट भिसामा संलग्नता पुष्टी भए राजनीतिबाट सन्यास लिन्छुः गृहमन्त्री

कमलादीमा भासिएको सडक आजदेखि प्रयोगमा

Reporter

कमलादीमा भासिएको सडकमा बक्स कल्भर्ट निर्माण गरेर आजदेखि प्रयोगमा ल्याइएको छ।

पुनर्निमित सडकमा आयोजित एक कार्यक्रमकाबीच रिबन काटेर सडक खोलिएको हो। साउनको अन्तिम साता काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै सडक भासिएपछि बन्द नै थियो।

४ दशमलव ४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण सम्पन्न भइ उद्घाटन गरिएपछि आजैदेखि सडक सुचारू गरिएको हो। सडक भासिनुपुर्व एक तर्फी बनाइएको यो सडक अब सुचारू भएसंगै ट्राफिक एकतर्फी नै चलाउने ट्राफिक प्रहरीले जनाएको छ।

पहिला जस्तै अब उप्रान्त दरबार मार्ग महेन्द्र सालिकबाट सवारीहरू कमलपोखरीतिर मात्रै जान पाउनेछन्। योसँगै प्रज्ञा प्रतिष्ठानबाट कमलादी गणेशथान हुदैं घण्टाघर जाने सडक पनि एकतर्फी बनाइएको छ।

काठमाडौं महानरपालिका भवन अगाडिको सडक गत साउन २५ गते मासिएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको