Logo
21 May 2025    ८ जेष्ठ २०८२, बुधबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिसरमा दुर्गन्ध र फोहोर बढ्यो

admin

gajendra narayan singh sagaramatha anchal hospital

काठमाडौं, पुस- १० ।

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिसरमा फोहोर र दुर्गन्ध बढेको छ ।

अस्पताल परिसरमा जथाभावी फालिएका पान, गुट्खा र सूर्तीका खोलसंगै अस्प्तालबाट निस्कने फोहोरले गर्दा फोहोर र दुर्गन्ध बढेको हो ।

अस्पताल आउने सेवाग्राहीबाट आएको गुनासो बढ्दै गएपछि अस्पतालले पान, गुट्खा र सुर्ती नियन्त्रण गर्न २ जना कर्मचारी नै नियुक्त गरेको छ ।

बिरामी कुरुवाले पान, गुट्खा र सुर्ती खाएर भर्‍याङ र कुनाकाप्चामा जथाभावी थुक्ने गरेका कारण अस्पतालमा फोहोर र दुर्गन्ध बढेपछि त्यसको नियन्त्रण गर्न २ जना कर्मचारी नियुक्त गर्नुपरेको समेत अस्पतालले जनाएको छ ।

अस्पताल विकास समितिले तलव उपलब्ध गराउने गरी रामनारायण साह र अमित रायमाझीलाई पान र गुट्खा नियन्त्रणका लागि नियुक्ति समेत दिइएको हो ।

नियुक्त भएका कर्मचारीले अस्पताल प्रवेश गर्नेहरुको मुख चेक गर्ने र पान, गुट्खा वा सूर्ती खाएको फेला पारे मुख सफा गरेर मात्र प्रवेश गर्न दिने निर्णय गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको