Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

ट्रम्पको मानहानि गरेबापत १५ करोड अमेरिकी डलर जरिवाना तिर्दै एबीसी न्युज

Reporter

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको मानहानि गरेको मुद्दामा एबीसी न्युजले १५ करोड अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ ।

एबीसी न्युजका स्टार एन्कर जर्ज स्टेफानोपोलोसले यस वर्ष मार्च १० मा एक अन्तर्वार्तामा ट्रम्पलाई ‘बलात्कारका लागि जिम्मेवार’ भेटिएको आरोप लगाएका थिए।  यसले आफ्नो मानहानि भएको भनी ट्रम्पले दायर गरेको मुद्दा सल्टाउन एबीसी न्युजले ट्रम्पलाई १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्न तयार भएको हो ।

शनिबार भएको सम्झौता अनुसार एबीसीले रकम दिनाका साथै एबीसी न्युजले दुःख व्यक्त गर्दै विज्ञप्ति प्रकाशन गर्ने पनि सहमति भएको छ।

यसबाहेक उसले ट्रम्पको कानुनी शुल्कका लागि १० डलर पनि दिने भएको छ । एबीसी न्युजका प्रवक्ताले भने कम्पनीले मुद्दा खारेज गर्न सम्झौता गरेकोमा खुसी व्यक्त गरेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको