Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

Reporter

काठमाडौं– संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक आज बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, आज विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ । बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने तय भएको छ । बैठकमा नेपाल कानून व्यवसायी परिषद(दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गर्ने तयारी छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको