Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

Reporter

काठमाडौं– संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक आज बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, आज विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ । बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने तय भएको छ । बैठकमा नेपाल कानून व्यवसायी परिषद(दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गर्ने तयारी छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको