Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

दाङमा गाडी दुर्घटना, दुई जनाको मृत्यु

Reporter

दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउ खोला बक्सकटिङ नजिकै सोमवार बिहान लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी सोमवार बिहान करिब ५ बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा दुई जनाको मृत्यु भए पनि पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभएको छ ।

प्रहर नायव उपरीक्षक थापाका अनुसार दुर्घटनामा घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव लमही अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार गाडीमा १४ जना सवार रहेका थिए । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुन सक्ने प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको