Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी

Reporter

चीन विन्जाओ- राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबीच समझदारी गरिएको छ । एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त र विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओ जिङ्युआन विन्जाओमा सांस्कृतिक तथा ब्यवसायीक फोटो पत्रकारितामा दुई देशबीच मैत्रिपूर्ण सम्बन्ध विस्तार गर्नका लागि समझदारी पत्र आदान प्रदान गरिएको हो । उक्त समझदारीले राष्ट्रिय फोटोपत्रकार समूह र विन्जाओ मिडिया ग्रुपबीच फोटो, भिडियो, समाचार आदानप्रदान गर्ने र व्यवसायीक क्षमता विकासमा लागि महत्वपूर्ण भूमिका खेल्ने छ ।

कार्यक्रमलार्ई विन्जाओका मिडिया ग्रुपका निर्देशकले दुई देशका फोटो पत्रकार तथा मिडिया हाउसबीच समझदारी गर्न पाउँदा खुसि लागेको बताउँदै यस्ता समझदारीले समाचारका माध्यमबाट सांस्कृतिक तथा पर्यटनलाई टेवा पु¥याउनमा महत्वपूर्ण भूमिका खेल्ने र नेपाल सरकार र चीन सरकारबीच भएको मिडिया सम्वन्धी सम्झौतालाई पनि यसले सहयोग गर्ने बताउनु भयो ।

यहाँको राम्रो पक्षको नेपालमा प्रचारप्रसार गराउन सहयोग पुग्ने हेतुले नेपालका फोटोपत्रकार समूहसंग यो मित्रता गासिएको बताउनु भयो । एनएफपिजेका अध्यक्ष वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण रहेको विन्जाओको मिडिया ग्रुपसंग गरिएको समभदारीले फोटो तथा समाचारहरुको माध्यमबाट दुई संस्थाको मित्रतालाई थप स्थापित गर्न सहयोग पुग्नुका साथै र दुई देशबिचको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

अन्तराष्ट्रिय मिडिया हाउससंगको पहिलो समझदारी गर्न पाएकोमा उहाले खुसी समेत व्यक्त गर्नु भयो । उक्त कायक्रममा विन्जाओ फोटोग्राफर एसोसियसनका अध्यक्ष लिइ जनपिङ् उपाध्यक्ष तथा सिनियर फोटोग्राफर सु सोय र एनएफपिजेका उपाध्यक्ष सुनिल शर्मा लगायत नेपालबाट चीन भ्रमणमा रहेका फोटो पत्रकारहरुको पनि उपस्थिति रहेको थियो । राष्ट्रिय फोटोपत्रकार समूहलाई विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओले रेडियो संग्राहालय र टेलिभिजन प्रसारणको पनि अवलोकन गराएका थिए ।

विन्जाओ मिडिया ग्रुप विन्जाओकै सबैभन्दा ठूलो मिडिया हाउस हो । यसले शहरमा पत्रिका, रेडियो, टेलिभिजन, वेबसाइट र मोबाइल एप मार्फत समाचार संकलन, वितरण तथा प्रसारण गर्दै आएको छ । मङ्सिर २८ गते २०८१ चीन विन्जाओ राष्ट्रिय फोटोपत्रकार समूह एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त र विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओ जिङ्युआन विन्जाओमा सांस्कृतिक तथा ब्यवसायीक फोटो पत्रकारितामा दुई देशबीच मैत्रिपूर्ण सम्बन्ध विस्तार गर्नका लागि समझदारी पत्र आदानप्रदान गर्दै । फोटो : एनएफपिजे


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको