Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

नेपाल एसिया कपको सुपर ४ मा, पाकिस्तानलाई ६ विकेटले हरायो

Reporter

मलेसियामा जारी अण्डर १९ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली महिला टोली इतिहास रच्दै प्रतियोगिताको सुपर ४ चरणमा प्रवेश गरेको छ । कुनै पनि नेपाली क्रिकेट टोलीले टेस्ट राष्ट्र सम्मिलित एसिया कपमा हासिल गरेको यो सबैभन्दा ठूलो उपलब्धी हो ।

मलेसियाको बायुमास ओभलमा भएको आजको खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपाल सुपर ४ चरणमा प्रवेश गरेको हो । नेपालले समूह चरणमा अझै एक खेल खेल्नै बाँकी छ । बाँकी एउटा खेल नेपालले भोलि भारतविरुद्ध खेल्नेछ ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा समूहका शीर्ष २ टोली सुपर ४ चरणमा जान्छन् । नेपाल भएको समूहमा भारत र पाकिस्तान छन् । पाकिस्तानले भारतसँग पनि हारिसकेको हुँदा उसको अंक शुन्य छ । अब नेपालले भोलि भारतसँग हारे पनि सुपर ४ को यात्रा तय गर्नेछ ।

आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रन बनाएको थियो । जवाफमा नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४७ रन बनाइन् । सोनी पाख्रिनले १३, सिमाना केसीले १२, सना प्रविनले १० रन बनाइन् । पाकिस्तानका लागि करातुलिन र फतिमा खानले १–१ विकेट लिए ।

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३५ रन बनाइन् । महम अनीसले २९, राविल फरहानले १३ र कप्तान जुफिशाँ अयाजले १२ रन बनाइन् । नेपालका लागि कप्तान पूजा महतोले २ विकेट लिइन् । रचना कुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले १–१ विकेट लिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको