Logo
06 Oct 2024    २० आश्विन २०८१, आईतवार

ताजा खबर

मेयर बालेन र कतारका राजदूत अन्सारीबीच शिष्टाचार भेट स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता दाउन्नेको सडक दुईतर्फी खुल्यो प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त पूर्वराजा शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किए बाढीपहिरोमा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु

नेपाल महिला च्याम्बरका प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओली बिच भेटवार्ता

admin

काठमाडौं, नेपाल महिला च्याम्बरको प्रतिनिधिमण्डलले प्रधानमन्त्री के. पि. शर्मा ओलीसँग भेट गरेको छ । भेटका क्रममा प्रतिनिधिमण्डलले नेपाल महिला च्याम्बरका अध्यक्ष अन्जान शाक्यलाई इजरायलका लागि राजदूत नियुक्त गरेकोमा धन्यवाद ज्ञापन गरेको थियो । प्रतिनिधिमण्डलले सरकारको उक्त निर्णय ले महिला उधमी प्रतिको विश्वास प्रतिबिम्बित भएको र सम्पूर्ण महिला उधमीहरुमा उत्साह मिलेको धारणा प्रधानमन्त्री सामू राखेका थिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले एक महिलाको क्षमता दश पुरुष बराबर हुने र नेपाली महिलाहरुमा असिम संभावना रहेको अौल्याउदै नेपाल सरकार उनीहरुलाई आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए । उनले अनुशाशित योग्य र संस्कारी नागरिक सिर्जना गर्न एक जना महिलाले राष्ट्र, समाज र परिवारलाई दिने योगदान अन्यको दाजोमा धेरै हुने समेत बताए ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले महिला उधमीहरुबाट देशले धेरै आशा राखेको र महिला उधमीहरुले उत्पादनमुलक क्षेत्रमार्फत देशको आर्थिक विकासमा थप टेवा पुर्याउने विश्वास आफूले लिएको बताए । निकासीमुलक उत्पादनतर्फ जोड दिन आग्रह गर्दै उनले महिलाहरुद्वारा संचालित उद्योग र महिलामा उधमशिलताको विकास गर्न सरकार गम्भिर रहेको समेत बताएका थिए ।

प्रतिनिधिमण्डलमा महिला च्याम्बरका उपाध्यक्ष उर्मिला श्रेष्ठ, सुस्मा शर्मा लगायत कार्यसमिती सम्बद्ध २२ जना महिला उधमीहरु सहभागी थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको