Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

औद्योगिक क्षेत्रमा लोडशेडिङ

Reporter

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन शुरू नभएसम्म बढी बिजुली माग हुने साँझको समय (पिक) मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने देखिएको छ ।

हिउँदयाम शुरू भएसँगै खोला तथा नदीहरूमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरूको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने तर पिक समयमा आन्तरिक माग धान्न भारतबाट बिजुली आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नुपर्नेछ । चिसोका कारण यही समयमा बिजुलीकाे माग बढ्ने तर नेपालको विद्युत् प्रणालीमा सबैभन्दा बढी हिस्सा रहेको जलविद्युत् आयोजनाहरूको उत्पादन घट्ने अवस्था छ । हिउँदयामको बिजुली माग र आपूर्ति व्यवस्थापन गर्न यो समयमा भारतबाट आयात गर्नुपर्दछ ।

यस वर्ष झनै सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमध्ये सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । कार्यकारी निर्देशक घिसिङले पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नुपर्ने अवस्था नरहेको प्रष्ट पारे ।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण माथिल्लो तामाकोशीका संरचनामा क्षति पुगेकाे थियो । आउँदाे पुस १० गतेभित्र बिजुली उत्पादन शुरू गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मत भइरहेको छ । बिजुली माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको