Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

आजबाट सहिद स्मारक ‘ए’ डिभिजन लिगको एघारौं चरणका खेलहरु सुरु हुदै

admin

shahid smarak A- division league

काठमाडौं, पुस- ११ ।

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत एघारौं चरणका खेलहरु आजबाट शुरु हुँदैछन् ।

एघारौं चरणका खेल हुने क्रममा आज ३ खेल हुदैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र हिमालयन शेर्पा क्लब आमनेसामने हुदैछन् । सोही मैदानमा दिउँसो साढे २ बजे जावलाखेल युथ क्लब र मछिन्द्र क्लब भिड्दैछन । उता, हलचोक मैदानमा भने न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लब भिड्दैछन ।

जारी लिगमा भोली शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबले दोस्रो स्थानको संकटा क्लबसँग प्रतिस्पर्धा गर्दै छ । यो खेल जितेको खण्डमा मनाङले दुई खेल खेल्नुअघि नै उपाधि पक्का गर्नेछ ।

गर या मर को अवस्थामा रहेको संकटालाई उपाधि दावेदारी जिवितै राख्न मनाङलाई हराउनै पर्ने बाध्यता छ ।

लिगमा लगातार १० खेल जितेको मनाङ ३० अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको संकटाको भने २५ अंक छ । तेस्रो स्थानको थ्रीस्टारको २३ अंक रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको