Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

आजबाट सहिद स्मारक ‘ए’ डिभिजन लिगको एघारौं चरणका खेलहरु सुरु हुदै

admin

shahid smarak A- division league

काठमाडौं, पुस- ११ ।

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत एघारौं चरणका खेलहरु आजबाट शुरु हुँदैछन् ।

एघारौं चरणका खेल हुने क्रममा आज ३ खेल हुदैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र हिमालयन शेर्पा क्लब आमनेसामने हुदैछन् । सोही मैदानमा दिउँसो साढे २ बजे जावलाखेल युथ क्लब र मछिन्द्र क्लब भिड्दैछन । उता, हलचोक मैदानमा भने न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लब भिड्दैछन ।

जारी लिगमा भोली शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबले दोस्रो स्थानको संकटा क्लबसँग प्रतिस्पर्धा गर्दै छ । यो खेल जितेको खण्डमा मनाङले दुई खेल खेल्नुअघि नै उपाधि पक्का गर्नेछ ।

गर या मर को अवस्थामा रहेको संकटालाई उपाधि दावेदारी जिवितै राख्न मनाङलाई हराउनै पर्ने बाध्यता छ ।

लिगमा लगातार १० खेल जितेको मनाङ ३० अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको संकटाको भने २५ अंक छ । तेस्रो स्थानको थ्रीस्टारको २३ अंक रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको