Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

विधायन व्यवस्थापन समितिसहित ४ समितिको बैठक बस्दै

Reporter

काठमाडौं – संघीय संसदका चारवटा समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार सबै समितिको बैठक सिंहदरबारस्थित संसद सचिवालयका बैठक कक्षमा बस्नेछ ।

जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठकमा सिइडीएडब्लुको आधारभूत सिफारिस नं ३९ सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको छ । जसअनुसार सो बैठक बिहान ११ः ०० बजे बस्नेछ ।

उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवसायको आवश्यकता सम्बन्धमा’ संकल्प प्रस्ताव कायान्वयन अनु्गमन उपसमितिबाट समिति समक्ष पेश भएको प्रतिवेदन उपर छलफल हुने जनाइएको छ । जसका लागि ११ः३० बजे बैठक बोलाइएको छ ।

विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुनेछ भने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । दुबै समितिको बैठक क्रमशः १ः०० र ११ः३० मा बोलाइएको संसद सचिवालयले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको