Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

प्रधान सेनापतिद्वारा पूर्वी पृतनाको निरीक्षण

Reporter

प्रधान सेनापति महारथी अशोक राज सिग्देलले श्री पूर्वी पृतना हेडक्वार्टर तथा अन्तरगतका युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको क्रममा उनले धनकुटास्थित श्री भीमदल गण, झापा स्थित श्री अरिदमन गण, पाँचथर स्थित श्री रणशेर गण र ओखलढुङ्गा स्थित श्री दुर्गाबक्स गणको निरीक्षण गरेका हुन् ।

सो क्रममा प्रधान सेनापति सिग्देलले उक्त पृतना हेडक्वार्टर तथा अन्तरगतका युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे जानकारी लिई आवश्यक निर्देशन दिनुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

निरीक्षण भ्रमणको दौरान सिग्देलले श्री नं. १८ वाहिनी अड्डा तथा अन्तरगतका फौजहरू सम्मिलित भई उदयपुर स्थित त्रियुगा इलाकामा सञ्चालन भइरहेको सामूहिक तालिमको पनि निरीक्षण गरे । निरीक्षणको दौरान प्रधान सेनापतिले सामूहिक तालिमको विविध पक्षहरूका बारेमा जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन समेत गरे ।

हाल नेपाली सेनाका युनिटहरूको आ-आफ्नो जिम्मेवारी इलाकाहरूमा सामूहिक तालिम सञ्चालन भइरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको