Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

गुल्मीकाे मुसिकाेटमा रहेकाे खस्थाेक माध्यामिक विधालयमा मनपरी शुल्क असुली

admin

recept for certificate

काठमाडौं, पुस- ११ ।
सुखी नेपाली समृद्ध नेपाल र समृद्धि हाम्रै पालामा भन्ने नारा सरकारले वारम्वार लगाइरहेकाे छ।

तर पहाडी जिल्ला गुल्मीकाे एउटा घटनाले सबैलाई झस्काइदिएकाे छ। गुल्मीबाट प्राप्त खवर अनुसार, त्यहाकाे एक विधालयले आठ कक्षा पास गरेकाे एक बालिकालाइ सर्टिफिकेट लिनकाे लागि मात्र ३ हजार रूपैया शुल्क लिएकाे जनाईएको छ।

गुल्मीकाे मुसिकाेटमा रहेकाे खस्थाेक माध्यामिक विधालयले यति चर्काे शुक्ल उठाएको पाईएको हाे।
विधार्थीले आफनाे परिक्षाकाे उत्तीर्ण भएकाे सर्टिफिकेट महिनावारी शुल्क र जाच शुल्क तिरेपछि आरामसंग लिन पाउने सरकारी प्रावधान रहेको छ तर गुल्मीकाे हकमा भने याे नियमले काम गरेकाे देखिएन ।

एउटा साधारण स्कुलमा सर्टिफिकेट मात्र लिएकाे पनि ३ हजार शुल्क लिएपछि अभिभावक आक्राेशित भएका छन। र,उनीहरू प्रश्न गर्न थालेका छन-के यसरी समृद्धि आउला ?


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको