Logo
21 May 2025    ८ जेष्ठ २०८२, बुधबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

मिस्टर एन्ड मिस शेर्पा, २०१८ को ट्यालेन्ट शो सम्पन्न, प्रतियोगीले देखाए आ-आफ्नो प्रतिभा

admin

miss and mr sherpa 2018

काठमाडौं, पुस- ११ ।

दोस्रो ‘मिस तथा मिस्टर शेर्पा २०१८’ का प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।
मंगलवार राजधानीको तीनचु्लीस्थित बौद्ध गार्डेन पार्टी प्यालेसमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा उनीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन्।
डिपास इन्टरनेसनलले आयोजना गरेको कार्यक्रममा १८ जना सहभागीहरुले गीत, नाच, चित्रकला तथा वक्तव्यमार्फत आफ्नो कला प्रस्तुत गरे ।

miss and mr sherpa 2018

मिस शेर्पा उपाधिका लागि ९ युवती र मिस्टर शेर्पा उपाधिका लागि ९ युवा अडिसन राउन्ड पार गर्दै ट्यालेन्ट राउन्डमा आइपुगेका हुन् । प्रतियोगिताको फिनाले यही पुस १५ गते रामहिटीस्थित रामनगर पार्टी प्यालेसमा हुने भएको छ ।
विनिता राई, मोडल तथा ईभेन्ट अर्गनाईजर राज लुईटेल, मिस शेर्पा- २०१७ की विजेता सोनाम डोल्मा शेर्पा र प्रियंका भन्डारीले जजको भुमिका निभाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वराज्यमन्त्री आङ छिरिङ शेर्पा, डिपास इन्टरनेसनलकी अध्यक्ष पासाङ शेर्पा(छेल्हामु), नेपाल शेर्पा संघका अध्यक्ष एडी लााम शेर्पा, नेपाल महिला शेर्पा संघकी अध्यक्ष निमी शेर्पा, नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा, नेपाल शेर्पा विद्यालय संघका अध्यक्ष डोमा छिरिङ शेर्पा, शेर्पा समुदायमा पहिलो लेखक लाक्फुटी शेर्पालगायतको उपस्थिति थियो ।

miss and mr sherpa 2018

कार्यक्रमका प्रमुख अतिथि शेर्पाले यस्तो खालको अवसर शेर्पा युवाहरुले पाएकोमा खुसी व्यक्त गर्दै भने, ‘मलाई यो कार्यक्रम अत्यन्तै राम्रो लाग्यो । ट्यालेन्ट साथै आत्माविश्वास बढाउन यो कार्यक्रमले मुख्य भुमिका खेल्छ ।’
शेर्पा जातिकै भाषा तथा संस्कृतिलाई आगमी दिनमा प्राथमिकता दिन पनि आयोजकलाई उनले सुझाव दिए ।
नेपाल महिला शेर्पा संघका अध्यक्ष निमी शेर्पाले आफुहरुको पालामा पनि यस्तो मञ्चं पाएको भए अझै धेरै प्रगति गरिने गुनासो पोख्दै भनिन्, ‘यो मञ्चंले आफ्नो परिचय र पर्सनालिटि बढाउन महत्वपूर्ण भुमिका खेल्छ।’

हरेक व्याक्तिलाई आत्माविश्वास बनाउन यस्तो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने प्रष्ट पार्दै नेपाल शेर्पा संघका अध्यक्ष एडी शेर्पाले भने ‘सम्पूर्ण सहभागी भाई बहिनीहरु, जो मिस तथा मिस्टर शेर्पा नबने पनि तपाईहरु यो मञ्चं म्म आउनुनै सफलता प्राप्त गर्नु हो ।’

miss and mr sherpa 2018

आयोजक डिपास इन्टरनेसनलकी अध्यक्ष पासाङले सम्पूर्ण शेर्पा युवा युवतीहरुको भएको खुबीलाई प्रस्फुटन गर्ने गराउने र आत्मबल बढाउन नै उक्त ट्यालेन्ट शो आयोजना गरेको बताइन् ।

२०१७ को मिस ट्यालेन्टको ताज ल्हामु शेर्पाले पाएकी थिइन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा प्रथम हुनेले आगामी दिनमा क्रोएसियाा हुने ट्यालेन्ट सो मा भाग लिन पाउने आयोजकले जनाए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको