Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल

Reporter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल बनेका छन्।

उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी दिएको कार्यवाहक प्रवक्ता मनिष झाले  बताए ।

‘रवि लामिछानेको सिफारिस र सचिवालय बैठकबाट उपसभापति अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय पारित भएको छ,’कार्यवाहक प्रवक्ता झाले भने ।

रास्वपा सभापति रवि लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी सहित सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेको सांसद पद पनि निलम्बन गर्न संसद सचिवालयलाई पत्राचार गरिसकेको छ। सभामुख देवराज घिमिरले भने यस विषयमा निर्णय गरिसकेका छैनन् ।

लामिछाने गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको