Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

बुवा र भाइको हत्या ‘मैँले गरेको हुँ’ भन्दै जेठो छोराले गरे आत्मसमर्पण

Reporter

भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा मृत भेटिएका कुल प्रसाद आचार्य र छोरा प्रबिन आचार्यलाई परिवारकै सदस्यले हत्या गरेको पुष्टि भएको छ ।

बुवा र भाइको ‘हत्या मैँले गरेको हुँ’ भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

मिलनले प्रहरी वृत्त महराजगञ्जमा आत्मसमर्पण गरेको उपत्यका प्रहरी कार्यालयका एक अधिकृतले बताए ।

सोमबार खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय कुल प्रसाद आचार्य र कान्छो छोरा २२ वर्षका प्रबिन आचार्य मृत भेटिएका थिए । जेठा छोरा मिलन फरार थिए । कुल प्रसादको टाउको पछाडि र कानमा चोट देखिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको