Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन

सुरक्षाकर्मीसँग मेल खाने पोसाक र दर्ज्यानी चिह्न प्रयोग नगर्न गृह मन्त्रालयको निर्देशन

Reporter

गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग मेल खाने पोसाक तथा दर्ज्यानी चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ ।

पछिल्लो समय विभिन्न संघसस्था, निजी सुरक्षा संघहरूले आफ्ना कर्मचारीका लागि सुरक्षाकर्मीले प्रयोग गर्ने पोसाक र दर्ज्यानी चिह्वन प्रयोग गरेको पाइएको भन्दै गृहले त्यस्तो नगर्न भनेको हो ।

कसैले प्रयोग गरेको पाइए कानुनी कारबाही गरिने गृह मन्त्रालयको चेतावनी छ । गृह मन्त्रालयले पत्र नै काटेर सबै जिल्ला प्रशासनलाई उक्त कार्य रोक्न दिर्नेशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयलाई पठाइएको पत्रमा भनिएको छ, ‘‘सुरक्षाकर्मीले प्रयोग गर्ने पोसाक तथा दर्ज्यानी चिह्नहरू सम्बन्धमा द्विविधा वा भ्रम उत्पन्न हुन गई कतिपय अवस्थामा आपराधिक क्रियाकलाप तथा अप्रिय घटना हुने तथा शान्ति सुरक्षा कायम गर्ने कुरामा बाधा हुन सक्छ । ’’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको