Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

पुष्पा- २ को विशेष शोमा मृत्यु भएकी महिलाको परिवारलाई २ करोड

Reporter

दक्षिण भारतीय फिल्म पुष्पा -२ को विशेष शोमा मृत्यु भएकी महिलाको परिवारलाई फिल्मका टिमले २ करोड भारू दिएका छन्।

अभिनेता अल्लू अर्जुनका बुबाका अनुसार अल्लू अर्जुनले मात्रै १ करोड भारू दिएका छन्। पुष्पाका निर्देशक सुकुमार र मैत्रेयी प्रोडक्सन हाउसले ५०र५० लाख भारू दिएका हुन्।

४ डिसेम्बरमा हैदराबादको थिएटरमा विशेष शो आयोजना गरिएको थियो। अल्लू अर्जुनलाई हेर्न दर्शकको भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते भएका छन्। एक महिलाको मृत्युपछि उनका परिवारले थिएटर म्यानेजमेन्ट र अल्लू अर्जुनविरूद्ध उजुरी दिएका थिए।

केही दिनअघि हैदराबाद प्रहरीले अल्लू अर्जुनलाई पक्राउ पनि गरेको थियो। तर तेलंगना उच्च अदालतले उनलाई एक हप्ताका लागि धरौटीमा छाडेको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको