Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

कञ्चनपुरमा बाघको आक्रमणबाट युवती घाइते

admin

attacking-tiger-in-emotions

कञ्चनपुर, पुस- ११ ।

कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका–४ की १९ वर्षीय अमृता सिंह ठकुरी बाघको आक्रमणबाट घाइते भएकी छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएको अवस्थामा हिजो साँझ ठकुरीमाथि बाघले आक्रमण गर्दा घाइते भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक चेतराम पनेरुले बताए ।

उनका अनुसार खर काटिरहेको बेला एक्कासी आएर बाघले झम्टिँदा अमृताको कम्मर, हात, खुट्टामा चोट लागेको छ । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा प्राथमिक उपचारपश्चात् उनलाई थप उपचारका लागि कैलालीको धनगढी लगिएको छ ।
(रासस)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको