Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

गौतम बुद्ध क्रिकेट रंगशालालाई १० करोड दिने निर्णय

Reporter

बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई १० करोड रुपैयाँ बजेट निकासा गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक बजेट कार्यक्रमअनुसार रंगशाला निर्माणका लागि १० करोड बजेट दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवं कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार अनुदानका रूपमा १० करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय भएको छ ।

चितवनस्थित क्रिकेट रंगशाला निर्माण गर्ने अघिल्लो सरकारको निर्णयलाई कार्यान्वयन गर्न चालू आर्थिक वर्षमा १० करोड रुपैयाँ निकासा दिइने भएको हो । बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच लागत साझेदारीमा अलपत्र क्रिकेट रंगशालाको निर्माण अघि बढाउने सम्बन्धमा २१ कार्तिक २०८० मा सम्झौता भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको