Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

एसइईको आवेदन फाराम खुल्यो

Reporter

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को आवेदन फारम खुलाएको छ।

बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज सूचना जारी गर्दै परीक्षामा सहभागी हुन एक महिनाभित्र फाराम भर्न आह्वान गरेको हो।

आजदेखि माघ १२ गतेसम्म फाराम भर्न सकिने कार्यालयले जनाएको छ ।

तोकिएको समयभित्र फाराम भर्ने व्यवस्था मिलाउन विद्यालयलाई निर्देशन दिँदै बोर्डले आवेदन फाराम नभर्ने विद्यार्थीले एसइई- २०८१ मा सामेल हुन नपाउने जनाएको छ । २०७८ र २०७९ सालको नियमित वा ग्रेड वृद्धि परीक्षामा सहभागी भई कुनै विषयमा ‘डी’ वा ‘ई’ ग्रेड प्राप्त परीक्षार्थी वा परीक्षामा अनुपस्थित परीक्षार्थीहरूले ग्रेड वृद्धि गर्न चाहेमा ती विषयमा मात्र परीक्षा आवेदन फाराम भर्नुपर्ने बोर्डले जनाएको  छ।

२०८० सालको नियमित वा पूरक परीक्षाका परीक्षार्थीहरूले एनजी भएका र अनुपस्थित भएको विषयमा मात्र ग्रेड वृद्धि परीक्षाका लागि आवेदन फाराम भर्नुपर्ने सूचनामा जनाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको