Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

अर्घाखाँचीका विद्यार्थीहरुलाई क्लिक ईन्टरनेशनलबाट न्यानो कपडा वितरण

Reporter

क्लिक इन्टरनेसनल एजुकेसन, काठमाडौंले अर्घाखाँचीमा विद्यार्थी र शिक्षकहरूलाई न्यानो कपडा वितरण गरेको छ । मालारानी गाउँपालिका वडा नं. ४ का ३ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षकहरूलाई न्यानो कपडा विरतण गरिएको हो ।

तीन वटा विद्यालयमा अध्ययनरत ३ सय २० जना विद्यार्थीलाई गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईमार्फत ट्याक्सुट सेट वितरण गरिएको हो । किरण माध्यमिक विद्यालय निन्युखर्कका २ सय ५० जना विद्यार्थी, १७ जना शिक्षक, जाँलकाँडा आधारभूत विद्यालय थामका ५० जना विद्यार्थी, ७ जना शिक्षक र सार्वजनिक आधारभूत विद्यालय ब्याडपाटाका २० जना विद्यार्थी गरी ३ सय ४४ जना विद्यार्थी र शिक्षकलाई न्यानो कपडा प्रदान गरिएको हो ।

किरण मा.वि. निन्युखर्क खनमा कपडा वितरण कार्यक्रममा बोल्दै मालारानी गाउँपालिकाका अध्यक्ष भट्टराईले चिसो बढिरहेको समयमा यसरी विभिन्न स्कुलका विद्यार्थी र शिक्षकहरूलाई न्यानो कपडा वितरण गरेको भन्दै क्लिकलाई धन्यवाद दिए ।

“जाडोबाट बच्न र बचाउन” भन्ने उद्देश्यका साथ न्यानो कपडा वितरण गर्न पाउँदा आफूलाई निकै खुसी लागेको क्लिक इन्टरनेसनल एजुकेसनका म्यानेजिङ डाइरेक्टर गोविन्द खनालले बताए ।

यसैगरी किरण मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खनालले विद्यार्थीहरुलाई न्यानो कपडा सरकारले दिनुपर्नेमा क्लिक इन्टरनेसनल एजुकेसनले वितरण गरेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे । विभिन्न स्कुलमा भएको कपडा वितरण कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको