Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

बागमती प्रदेश मन्त्रीपरिषद् बैठक, दुई विधेयक स्वीकृत

Reporter

बागमती प्रदेश सभामा विधेयक अभावमा प्रदेश सभा कामविहीन भइरहेको समयमा बागमती प्रदेश सरकारले दुई वटा विधेयक प्रदेश सभामा दर्ता गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले थप दुई वटा विधेयक प्रदेश सभामा दर्ता गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७६ संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी तथा सोसरहका अधिकृतहरूलाई प्रदेशका मन्त्रालयको सचिवमा जिम्मेवारी तोक्ने र पदस्थापना गर्न स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो । प्रदेश प्राविधिक तथा व्यावसायिक एवं तालिम परिषद्को प्रमुख कार्यकारी निर्देशकमा नुवाकोटका शान्ति लामालाई नियुक्ति गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति एवं नवीकरण स्तरोन्नतिसम्बन्धी मापदण्ड–२०८१, वार्षिक आयोजना छनोट कार्यविधि–२०७८ संशोधन, तालिम सञ्चालनसम्बन्धी कार्यविधि–२०८१ र प्रविधि हस्तान्तरणसम्बन्धी कार्यक्रिम–२०८१ लाई मन्त्रीपरिषद् अन्तर्गत रहेको समितिमा छलफलका लागि पठाउन स्वीकृति प्रदान गरेको छ ।

मन्त्री लामिछानेका अनुसार बैठकले प्रदेश प्रमुखको कार्यालय सबलीकरण कार्यक्रमका लागि १० लाख रुपियाँ निकासा गर्ने र गौतम बुद्ध

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकालाई १० करोड रुपियाँ अनुदानबापत निकासाका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । रङ्गशालाका लागि यसअघि पनि पाँच करोड रुपियाँ निकासा भइसकेको छ ।

बैठकले प्रदेश खानेपानी तथा सरसफाइ विधेयक तर्जुमा गर्न खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । बैठकले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण कार्यक्रिम कार्यान्वयन कार्यविधि–२०८१ लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रदेश सचिवमा पदस्थापना 

निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी तथा सोसरहका अधिकृतलाई प्रदेश मन्त्रालयको सचिव र प्रदेश सरकार मातहतको निर्देशनालयको निर्देशकको जिम्मेवारीसहित पदस्थापना गरिएको छ ।

मन्त्रीपरिषद् बैठकले सङ्घीय सरकारले पठाएका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरू डा. सुमित्रा गौतम, रितेशकुमार शाक्य र वीरेन्द्रदेव भारतीलाई प्रदेशका विभिन्न मन्त्रालयको जिम्मेवारी तोक्ने र पदस्थापना गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद् बैठकले सचिवहरू र प्रदेशले ११ औँ तहमा बढुवा गरेको अधिकृत कर्मचारीको मन्त्रालय र कार्यालय तोक्ने जिम्मेवारी मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई दिएको थियो । सङ्घीय सरकारले पठाएका दुई जना, मुख्यमन्त्री कार्यालयमा रहेका सचिव र प्रदेशले ११ औँ तहमा बढुवा गरेका दुई अधिकृत कर्मचारीसहित पाँच जनालाई जिम्मेवारी तोक्नेसहित पदस्थापन गरिएको हो ।

मुख्यमन्त्री कार्यालयको सचिवालयका अनुसार सङ्घीय सरकारले पठाएका डा. सुमित्रा गौतमलाई प्रदेश स्वास्थ्य मन्त्रालयको रिक्त सचिवमा र रितेशकुमार शाक्यलाई मुख्यमन्त्री कार्यालयको सचिवमा पदस्थापन गरिएको छ । मुख्यमन्त्री कार्यालय र प्रदेश नीति तथा योजना आयोगको प्रदेश सचिवसमेत रहनुभएका केशवराज सुवेदीलाई सचिवमा शाक्यको पदस्थापनसँगै युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।

यस्तै प्रदेश शिक्षा निर्देशनालयका निर्देशक दीपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटन मन्त्रालयको सचिवमा र प्रदेश सरकारले नै ११ औँ तहमा बढुवा गरेका खुबीराम अधिकारीलाई प्रदेश शिक्षा निर्देशनालयका निर्देशकको जिम्मेवारीसहित पदस्थापन गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको